माेतिबस्तीका स्थानीयद्वारा क्वारेन्टाइनलाई खाद्यान्न सहयोग

महेन्द्रनगर जेष्ठ,18
पुनर्वास नगरपालिका स्थित मोति बस्तीका स्थानीयले क्वारेन्टाइनलाई खाद्यान्न सहयोग गरेका छन ।

स्थानीयले पुनर्वास नगरपालिका वडा 2 मा रहेकोे क्वारेन्टानलाई अत्यावश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन ।

खाद्यान्न कार्यक्रमका संयोजक एवम् स्थानीय युवा चन्द्रदेव बडुले सरस्वती मा वि स्थित क्वारेन्टाइनमा रहेका वडा बासीलाई खाद्यान्न सहजताका लागी खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको बताए ।

उनका अनुसार स्थानीयले वडा अध्यक्ष सन्त कुमार चौधरीलाई एक बोरा आलु, करेला, लौकी, प्याज, जुस, चाउचाउ, भुजा लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो । खाद्यान्न वितरणमा स्थानीय भरत चन्द, सन्देश चन्द , दिपक चन्द, ललित चन्द, हिक्मत साउद, भुपेन्द्र बडु र रामचन्द्र साउद विशेष सहयोग रहेको छ।

सुदुर पश्चिम विस्वविद्यालय केन्द्रीय क्याम्पसको इन्ट्रीग्रीटी फोरमका अध्यक्ष समेत रहेका संयोजक बडुले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तर दिने बताए

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्