डडेल्धुरामा क्‍वारेन्टाइनमा मृत्यु भएका बालकको कोरोना रिपोर्ट ‘नेगेटिभ’

डडेल्धुरा- आइतबार बिहान मृत्यु भएका बालकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।

भारतको मुम्बैबाट उपचार गरी आएका उनी डडेल्धुराको बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए। शनिबार राती उनको मृत्यु भएको थियो। क्वारेन्टाइनमा रहेका उनको स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याउने वित्तिकै उनलाई मृत्यु घोषणा गरेको थियो।

आइतबार उनको स्वाब संकलन गरी धनगढी पठाइएको र उनको कोरोना रिपोर्ट नेगेटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ। डडेल्धुराको नबदुर्गा गाउँपालिका ३ घर भएका उनी साढे ६ वर्षीय बालक हुन्। उनलाई मलेरिया रोग लागेकाले उपचारका लागि आमाबुवाले भारत लगेको प्रहरीले जनाएको छ।

डडेल्धुराका पहिलो संक्रमितले जिते कोरोना

डडेल्धुराका पहिलो कोरोना संक्रमितले कोरोना जितेका छन् । उनको दोस्रो र तेस्रो पटकको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको डडेल्धुरा अस्पतालका मेसु डा.जगदिस चन्द्र बिष्टले जानकारी दिए।

उनको स्वाबको नमुना दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ आएको हो। उनी सुरूदेखि नै समान्य अवस्थामा थिए । जेठ ६ गते स्कृवटाइफसको उपचार गरेर अस्पतालबाट आएका थिए। त्यसैदिन कोरोना जाँचका लागि उनको स्वाब लिइएको थियो।

करिब १० दिनको अस्पतालको बसाइ पछि उनी डिस्चार्ज हुँदैछन्। अहिले डडेल्धुरा अस्पतालको आइसोलेसनमा एक महिला र १ छन्। अस्पतालकै २ जना कर्मचारीमा र्‍यापिड परीक्षणको रिपोर्ट पोजिटिभ देखाएपछि आइसोलेसन वार्डमा राखिएको हो । २ जनामध्ये १ जनाको रिपोर्ट नेगेटिभ आएको र अर्का बाँकी १ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्