डडेल्धुराका पहिलो संक्रमितले जिते कोरोना

डडेल्धुराका पहिलो कोरोना संक्रमितले कोरोना जितेका छन् । उनको दोस्रो र तेस्रो पटकको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको डडेल्धुरा अस्पतालका मेसु डा.जगदिस चन्द्र बिष्टले जानकारी दिए।

उनको स्वाबको नमुना दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ आएको हो। उनी सुरूदेखि नै समान्य अवस्थामा थिए । जेठ ६ गते स्कृवटाइफसको उपचार गरेर अस्पतालबाट आएका थिए। त्यसैदिन कोरोना जाँचका लागि उनको स्वाब लिइएको थियो।

करिब १० दिनको अस्पतालको बसाइ पछि उनी डिस्चार्ज हुँदैछन्। अहिले डडेल्धुरा अस्पतालको आइसोलेसनमा एक महिला र १ छन्। अस्पतालकै २ जना कर्मचारीमा र्‍यापिड परीक्षणको रिपोर्ट पोजिटिभ देखाएपछि आइसोलेसन वार्डमा राखिएको हो ।

२ जनामध्ये १ जनाको रिपोर्ट नेगेटिभ आएको र अर्का बाँकी १ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्