१३ जिल्लाका सिडिओको सरुवा(विवरणसहित)

काठमाडौँ १९ जेठ ।

गृह मन्त्रालयले ४४ जना सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गरेको छ । पदस्थापनमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा भएको छ ।

सुर्खेतका सिडिओ रमेश न्यौपानेको पाल्पा, पाल्पाका यादव सुवेदीको गृह मन्त्रालयमा सरुवा भएको छ । महोत्तरीमा कृष्ण बहादुर कटवाललाई पठाइएको छ ।

गृहका हिरालाल रेग्मीलाई सुर्खेत, चन्द्र गैरेलाई कालिकोट, भीम भट्टराईलाई डोटी, बर्दियामा लिलाधर अधिकारी, दार्चुलामा शरद पोखरेल, ओखलढुगामा कृष्ण पौडेल, संखुवासभामा जीवन आचार्य, रोल्पामा नरेन्द्र राना, हुम्लामा चिरञ्जिवी गिरी, बझाङमा कमलराज भण्डारीको सरुवा भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्