कञ्चनपुरका ४ स्थानीय तहमा कोरोना संक्रमण पुष्टी

महेन्द्रनगर २० जेठ ।


कञ्चनपुरका चार स्थानीय तहमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।

मंगलबार कञ्चनपुरमा आठ जनाको पिसिआर रिर्पोट पोजेटिभ आएसँगै जिल्लाका चार स्थानीय तहमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।


सेती प्रदेशिक अस्पतालले मंगरबार सार्वजनीक गरेको रिपोर्ट अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाँउपालिका कोरोना संक्रमण देखिएको छ ।


कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र भीमदत्तका महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै मंगलबार शुक्लाफाँटा नगरपालिकामा ११ वर्षीय बालकमा कोरोना संक्रमण देखिएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्