पुनर्वासमा १ स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टी

महेन्द्रनगर २० जेठ ।
कञ्चनपुरमा मंगलबार ८ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

धनगढीस्थित प्रदेशिक कोरोना गरिक्षण प्रयोगशालाको रिर्पोट अनुसार कञ्चनपुरका तीन स्थानीय तहका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।


मंगलबार पिसिआर पोजेटिभ देखिएकामा सबैभन्दा बढी पुनर्वास नगरपालिकाका रहेका छन् ।

पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुषमा पिसीआर पोजेटीभ देखिएको नगर प्रमुख जिवन थापाले बताए ।

उनका अनुसार क्वारेन्टाईन रहेको तीन जना, नगरपालिका एक जना स्वास्थ्यकर्मीमा पिसिआर पोजेटिभ देखिएको बताए ।


साथै पुनर्वासकै अन्य दुई जनाले धनगढीस्थित कोरोना प्रयोगशालामा आफै गएर कोरोना परिक्षण गराउँदा पिसिआर रिर्पोट पोजेटिभ देखिएको हो ।

नगरपालिकाका स्वास्थ्यकर्मीले नै स्वाब संकलन गरेको थिए । भने अन्य डोके बजार देखि क्वारेन्टाईनसम्म उनको उपस्थिती रहेको पाईएको छ

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्