महाकाली अस्पतालमा ८ जना कोरोना संक्रमीतको उपचार हुदैँ, अवस्था सामान्य

मदन गिरी


महेन्द्रनगर २१ जेठ । कञ्चनपुरको महाकाली अस्पतालमा ८ जना कोरोना संक्रमीतको उपचार सुरु गरिएको छ । मंगलबार पिसिआर पोजेटिभ देखिएका ७ जनाको उपचार सुरु गरिएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले सबै कोरोना संक्रमितको उपचार सुरु भएको बताए ।
उनका अनुसार अस्पताले सोमबार पिसीआर पोजेटीभ देखिएका शुक्लाफाँटा नगरपालिकाका ११ वर्षीय बालकसहित ८ जनाको महाकालीमा उपचार भईरहेको बताए ।
‘हाल अस्पतालको टीमले पुर्ण तयारीका साथ संक्रमितको उपचारमा जुटेको छ’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रेष्ठले भने ‘आरडिटी पोजेटिभ देखिएको पिसीआर रिर्पोट नआएकोले केही समस्या भएको छ’ उनले भने ।
संक्रमीत सबै बिरामीको अवस्था सामान्य रहेको उनका भनाई छ । मंगलबार सेती प्रदेशिक अस्पतालले सार्वजनीक गरेको रिपोर्ट अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाँउपालिका कोरोना संक्रमण देखिएको थियो ।

पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र भीमदत्तका महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै महाकाली अस्पतालमा १५ जना आरडिटि पोजेटीभलाई पनि आईशोलेसनमा राखिएको छ ।

कञ्चनपुरका एक जना कोरोना संक्रमीत स्वास्थ्यकर्मीको भने सेती प्रदेशकि अस्पतालमा उपचार भईरहेको छ ।
महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पताल विकास समितीका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले पनि महाकालीमा कोरोनाका उपचार भईरहेको बताए ।

उनका अनुसार अस्पताल कोरोना उपचारका लागि २१ जनाको टोलि तयार पारेको छ ।
उनिहरुले तिन वटा सिफ्टमा बिरामीको उपचार गर्ने अध्यक्ष जोशीको भनाई छ । साथै आवश्यक उपचारका लागि सबै तयारी रहेको उनको दावि छ ।

उनका अनुसार कोरोना उपचारका लागि अस्पतालले २० शैयाको आईशोलशन वार्ड तयार पारेको छ ।
अस्पतालले हाललाई २० वेडको आईशोलेशन वार्ड तयार पारेको छ भने ५० शैयाको कोरोना अस्पताल पनि अन्तिम चरणमा छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्