पिसीआर रिर्पोटमा ढिलाई हुन थालेपछि महाकालीमै परिक्षण प्रयोगशाला राख्न माग

महेन्द्रनगर २१ जेठ ।
कञ्चनपुरको महाकाली अस्पतालै पिसिआर परिक्षणका व्यवस्था गर्न माग गरिएको छ ।

महाकाली अस्पताल विकास समितिले पिसिआर परिक्षणमा ढिलाई हुन थालेपछि महाकालीमै प्रयोगशाला राखिनु पर्ने माग प्रदेश सरकारलाई गरेको छ ।
अस्पताल विकास समितीका अध्यक्ष कृष्णदत्त जोशीले सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई भेटेर यस्तो माग गरेका हुन् ।
उनले आरडिटी पोजेटी देखिएका संकास्पद व्यक्तिको पिसीआर परिक्षणमा ढिलाई हुन थालेपछि महाकाली मै परिक्षण ल्याब राख्न मा गरिएको बताए । उनका अनुसार कञ्चनपुरबाट स्वाब संकलन गरि धनगढी पठाईएकाको हप्ता दिनसम्म पनि रिर्पोट नभएकाले समस्या भएको बताए ।


‘पिसीआर पोजेटिभ देखिएका संक्रमित बढेपछि आरडिटी पोजेटिभ देखिएकालाई लामो समय आईशोलेसनमा राख्न समस्या परेको छ’ अध्यक्ष जोशीले भने ‘लामो समय आईसोलेसनमा राख्दा संक्रमणको जोखिमा समेत बढेको छ’ उनले भने । एक हप्तादेखी कञ्चनपुरको १५ जनाको पिसिआर रिर्पोट धनगढीमै थन्कीएको छ ।

साथै उनले सामाजिक विकासमन्त्रीसँगको भेटमा महाकालीमा ल्याब राख्नका लागि केन्द्र सरकारलाई पहल गर्न छलफल भएको बताए ।


त्यस्तै महाकाली पिसिआर परिक्षणका लागि आवश्यक जनशक्ती उपलब्ध भएको उल्लेख गर्दैँ सेती प्रादेशिक अस्पतालमा रहेको ल्याबलाई महाकालीमा ल्याउन समेत छलफल भएको गरिएको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्