कृष्णपुरमा तरकारी संकलन तथा विक्री केन्द्रको शिलान्यास

नरेश गिरी


महेन्द्रनगर २१ जेठ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा तरकारी संकलन तथा विक्री वितरण केन्द्र स्थापना गरिन लागेको छ ।


नगरपालिकाले बगरखेतिलाई लक्षीत गरि पुर्वपश्चिम राजमार्ग छेउको बनारा नदी किनारमा तरकारी संकलन तथा विक्री वितरण केन्द्र निर्माण गर्न लागेको हो ।

मंगलबार उत्त तरकारी संकलन तथा विक्री वितरण केन्द्रको नगर प्रमुख कर्ण बहादुर हमालले शिलान्यास गरे । उनका अनुसार बगरखेतीलाई लक्षीत गरि नगरपालिकाले तरकारी संकलन तथा विक्री वितरण केन्द्र निर्माण गर्न लागेको हो ।

राजमार्गसँगै जोडीएको उक्त क्षेत्रमा स्थानीय किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरणका लागि हाट बजार सञ्चालन गरिने नगर प्रमुख हमालको भनाई छ ।


‘हामी नगरलाई तरकारीमा आत्म निर्भर बनाउन चाहान्छौ, त्यही अनुसार उत्पादन पनि भईरहेको छ’ नगर प्रमुख हमालले भने एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत तरकारी उत्पादन व्यवसायिक बनाएका छौँ’ उनले भने ।

साथै तरकारी उत्पादनमा किसानलाई प्रोत्साहनका लागि अनुदानको व्यवस्था गरिएको उनको भनाई छ ।


त्यस्तै वडा नम्बर २ का वडाध्यक्ष जय नारायण जोशीले स्थानीय उत्पादनको बजारीकरणका लागि तरकारी संकलन तथा विक्री वितरण केन्द्र निर्माण गरिन लागेको बताए ।


उनका अनुसार नगरपालिकाको ३ लाख बजेटमा केन्द्र निर्माण गरिन लागेको हो । संरचना निर्माण पश्चात करिब ३ बिघाहा क्षेत्रफललाई व्यवस्थित गरी हाट बजार सञ्चालन गरिने छ ।


केन्द्र निर्माण भएपछि तरकारीको बजारीकरणका लागि सहज हुने किसानको अपेक्षा छ ।

त्यस्तै नगरपालिकाले बनार नदी किनारमा बगर खेतीलाई व्यवस्थीत गर्ने योजनाका साथ बनारा नदी किनारमा विभिन्न संरचनासहितको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) समेत तयार पारि सकेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्