कञ्चनपुरका एक युवकको युएईमा हत्या, दुतावास मुकदर्शक

मदन गिरी


महेन्द्रनगर २१ जेठ ।
कञ्चनपुरका एक युवकको संयुक्त अरब इमिरेट्स (युएई) मा हत्या भएको छ । वैदेशिक रोजगारीका लागि युएई पुगेका कञ्चनपुरको भीमदत्त नगरपालिका १५ निम्बुखेडाका २७ वर्षीय बिरेन्द्र गिरीको हत्या गरिएको हो ।


दुबईमा सेक्युरेटरी गार्डमा कार्यरत गिरीको जेठ १६ गते ड्युटीबाट घर फर्कीने क्रममा उनको हत्या गरिएको परिवारको दावि छ ।

मृतकका दाजु महादेव गिरीले गत पुषमा वैैदेशिक रोजगारीमा गएका बिरेन्द्रको जेठ १६ गते बिहान हत्या गरिएको हो ।


उनको शब हत्या गरि सडकमा फालिएको अवस्थामा फेला परेको थियो ।


‘विदेशमा राम्रै कमाई रहेको भाईएको एकाएक हत्या भएको खबर आयो’ मृतकका दाई महादेवले भने ‘मारेर सडकमा रगताम्मे भएको अवस्थाको फोटो पायौँ, तर आत्महत्या भनेर त्यहाँ कम्पनीले पुष्टी गर्न खोजिरहेको छ’ उनले भने ।


अल शिखर म्यान पावरबाट एपल वान सन फेस्लेटी म्यानेजमेन्ट जर्मनी कम्पनीमा कार्यरत बिरेन्द्रको हत्या भएको खबर परिवारले पाए लगतै स्थानीय निकाय हुदैँ तालुक अड्डामा निवेदन दिएको आफन्तको भनाई छ ।

तर पिडीत आफन्तले जेठ १८ गते जिल्ला प्रशासन कार्यालय मार्फत युएईस्थित नेपाली दुतावास र परराष्ट्र मन्त्रालयलाई घटनाबारे छानबिन गरिदिन माग गदैँ निवेदन पठाए पनिहाल सम्म सुनवाई हुन नसकेको उनको गुनासो छ ।

साथै दुवातासले आफुलाई घटनाबारे जानकारी नरहेको भन्ने खबर पाएको पिडीत आफन्तको दावि छ ।


‘फोनमा आमासँग एक पाकिस्तानी नागरिकले आफुलाई मानसिक टर्चर दिएको भन्थ्यो’ दाजु महादेवले भने, ‘हामीले त्यहाँ समस्या भए लकडाउन पछि घर फिर्ता ल्याउँछौँ तर यस्तो दुखद् घटना खेप्नु प¥यो ।’ दुवावासले घटनाबारे चाँसो नदीदाँ ५ दिनदेखि शव अस्पतालमै थन्कीएको छ भने घटनाबारे छानबिन समेत हुन सकेका छैन् ।

पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरि दोषिमाथि कार्बाहीको माग अघि सारेका छन् । त्यस्तै मृतकका हजुरबुवा चन्द्र गिरीले घटनाको प्रकृतिले हत्या गरेर सडकमा फालिएको बताए ।


उनले हत्या हुँदा पनि त्यहाँको सरकारले नेपालीमाथिको यत्रो अवराध हुँदा पनि कुनै वास्ता नै नराखेको दुखेसो पोखे । ‘बिरेन्द्रको हत्या भएको बारे हामीलाई उनकै साथिले टेलिफोन गरेर खबर गरेका थिए, ‘उनले भने, ‘हत्या हुँदा पनि दुतावास र सरकार किन चुपचाप छ ।’

पीडित परिवारलाई यताको सरकारी दुतावास एवं सरोकारवाला निकायबाट कुनै प्रतिक्रिया नआएको उनले दुखेसो पोखे ।

मृतकको शव नेपाल पु¥याउने व्यस्था गरिनुपर्ने र मृतक परिवारले पाउनुपर्ने बिमा लगायतका कानुनी सुविधा पाउनु पर्ने पिडीत आफन्तको माग छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्