सडकको माग राख्दैँ भीनपा–११ को वडा कार्यायलमा तालाबन्दी

महेन्द्रनगर २१ जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलास्थित वडा कार्यालयमा अनिश्चतकालिन तालाबन्दी गरिएको छ ।

स्थानीय सम्झना टोलवासिले सडकको माग गर्दैँ वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।


स्थानीय प्रेम सिंह चौसिरले वडा कार्यालयले आफुहरुको माग सम्बोधन नगरेकाले वडा कार्यलयमा तालाबन्दी गरेको बताए ।

स्थानीयले लामो समयदेखि टोल जोड्न बाटो निर्माण गरि दिन माग गदैँ आएका छन् । लामो समय देखि शान्तीपुर्ण तरिकाले सडक निर्माणको माग राखेको भएपनि माग सम्बोन्धन नभएपछि बाध्य भएर ताला लगाउनु परेको स्थानीयको गुनासो छ ।


त्यस्तै अर्को स्थानीय दिनेश शार्कीले पनि लामो सयमदेखि टोल जोड्न सडक नहुदाँ समस्या भएको बताए ।

उनका अनुसार टोलवासीले टोल जोड्ने सडकको माग गदैँ आएका भएपनि लामो समयदेखि सडक बन्न सकेको छैन् ।

भीमदत्त नगरपालिकाकी कार्यपालिका सदस्य गिता ओलीले सडक निर्माणका लागि बजेट विनियोजन भएपनि काम काम हुन नसकेको स्वीकार गरिन् ।

उनले सिचाँईको ट्रसरी छेउबाट वडाले सडक बनाउने योजना बनाए पनि त्यसमा अवरोध सिर्जना भएको उनको भनाई छ । सम्झना टोलवासि करिब तीन दशकदेखि बाटो बिहिन अवस्था छन् ।

साथै स्थानीयले आफुहरुको माग सम्बोन्ध नभएसम्म तालाबन्द यथावत रहने चेतावनी समेत दिएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्