एमसिसी खारेजीको माग गर्दै रोबोट र ड्रोनमार्फत विरोध प्रदर्शन

क्लाइम दि बोर्डर ग्रुपले अमेरिकी विकास सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै रोबोट र ड्रोनमार्फत विरोध गरेको छ ।

एमसिसी नेपाल र नेपालीको हितमा नभएको भन्दै क्लाइम दि बोर्डर ग्रुपले मंगलबार चितवनमा विरोध आयोजना गरेको हो ।

भरतपुरको हाकिमचोकमा जम्मा भएका स्थानीयहरू रोबोट र ड्रोनसँगै जुलुस निकालेर भरतपुरस्थित केन्द्रीय बसपार्कसम्म पुगेका थिए ।

भरतपुरको ११ घर भई पुल्चोक इन्जिनियरिङ क्याम्पस काठमाडौंमा इलेक्ट्रिक इन्जिनियरिङ स्नातक तेस्रो वर्षमा अध्ययनरत क्लाइम दि बोर्डरका अभियान्ता पवन पौडेलले तयार पारेको रोबोटमार्फत उक्त विरोध प्रदर्शन भएको थियो ।

लकडाउनका वेला भएकाले विरोध प्रदर्शनको नयाँ तरिका अपनाएको यस ग्रुपकी अभियान्ता सविना केसीले जानकारी दिइन् ।

सो विरोध कार्यक्रममा ड्रोनले नेपालको झण्डा बोकेको थियो भने रोबोटले चाहिँ से नो टु एमसिसी लेखेको नेपालको नयाँ नक्सासहितको प्लेकार्ड बोकेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्