नरेश गिरी
महेन्द्रनगर २२ जेठ ।
बारीमा थरि–थरीका तरकारी लटरम्म्मै फलेका छन । कैत हरियो करेला, कतै राता टमाटर, कतै भुईछुने भन्टा त खेतभरी झाँगिएको बारीमा फलेका भकुन्डो जत्रा तरभूज आदी । बारीमा फलेको ताजा अर्गानिक तरकारी देख्दा जो कोहीको मन लोभ्याउछ ।
![](https://deshpati.com/wp-content/uploads/2020/06/101644835_3437922972902897_6929388853979512832_n.jpg)
बारीमा जति ताजा तरकारी देखिन्छ, त्यतिकै कडा मेहनत गरेका छन्, कञ्चनपुरका कृष्णपुर नगरपालिका–२ ओलखफाँटाका तीन थापा दाजुभाई, अम्बाराज, ईश्वर र प्रभुराज ।
अम्बाराज थापा जेठा बुवाका छोरा हुन भने ईश्वर र प्रभुराज सहोदर दाजु–भाई हुन् । अम्बाराज र प्रभुराज वैदेशिक रोजगारबाट फर्केका हुन् भने ईश्वर गाँउकै एक निजि विद्यालयमा शिक्षक छन् ।
अहिले तीनै दाजु–भाई मिलेर सामुहिक रुपमा व्यवसायिक तरकारी खेतिमा जुटेका छन् । पाँच बिघाहा जमिन भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेती सुरु गरेको ईश्वरले बताए ।
उनको अनुसार उनिहरुले मौसम अनुसारका विषादीरहित तकारी फलाउने गरेका छन् । सुरुवाती चरणमा आलु खेतीबाट व्यवसायिक कृषी थालेका उनिहरुले हाल विभिन्न तरकारी उत्पादन गरिरहेका छन् ।
टीप्स आर्गानिक कृषी फर्म दर्ता गरि उनिहरुले व्यवसायिक तरकारी खेती थालेका हुन् । हालसम्म करिब ७ लाख रुपयाँ खर्च भएको उनको भनाई छ ।
नगरपालिकाका ‘एक वडा, एक उत्पादन’ कृषी कार्यक्रमबाट प्रोत्साहित भएर व्यवसायिक रुपमा तरकारी खेती थालेका उनिहरुलाई बजारको समस्या नभएको बताउँछन् ।
‘नगरपालिकाको नीति अनुरुप हामीले व्यवसाय रुपमा तरकारी खेती थालेका हौँ’ ईश्वरले भने ‘तरकारी रामै्र फलेको छ, बजारको समस्या छैन ।’ विदेशबाट फर्कीएर लगतै भाईहरुसँगको सल्लाहमा तरकारी खेती गर्ने निणर्य ग¥यौँ अम्बाराजले भने १० वर्ष विदेशमा बसेर काम गरे, अब आफ्नै भुमीमा मेहनत गरि व्यवसायिक रुपमा कृषीमा लाग्ने योजना छ ।’
विदेशमा गर्ने मेहनत, स्वदेशमै गरे राम्रो आम्दानि गर्न सकिने उनको अनुभव छ ।
‘विदेशमा घण्टौँसम्म ज्यान जोखिममा राखेर काम गर्नु पर्छ, हावापानि पनि अनुकुल हुदैँन्’ अम्बाराजले भने यहाँ आफ्नै बारी छ, मन लागेको बेला काम गर, परिवारसँग आनन्दले बस्न पाईन्छ ।’
तरकारीसँगै उनीहरुले मकै र केरा खेती पनि सुरु गरेका छन् । मकै बारीमा फलिसकेको छ भने केराको बोट रोप्ने तयारी भईरहेको प्रभुराजले बताए । उनी पनि पाँच वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्केका हुन् ।
अब दाजुहरुसँगै व्यवसायिक रुपमा कृषीमा लाग्ने उनको योजना छ ।
मेहनत गर्न सके स्वदेशमै राम्रो आय आर्जन गर्न सकिने बताँउदैँ ईश्वरले भने ‘हामी जस्ता युवा वर्गलाई कृषीमा आर्कषण गर्न सक्नुपर्छ, सरकारले सोहि अनुरुपमा नीती र योजना बनाउनु ल्याउनु पर्छ ।’