संसदमा खानेपानी मन्त्री मगर र खेलकुद मन्त्री विश्‍वकर्माको राजीनामा मागियो

जेठ २३, काठमाडौं :

संसदमा खानेपानी मन्त्री बीना मगर र खेलकुद मन्त्री जगत विश्‍वकर्माको राजीनामा मागिएको छ।

शुक्रबारको संसद बैठकमा सांसद तेजुलाल चौधरीले बजेटमा भेदभाव गरेको भन्दै उनले मन्त्रीहरुको राजीनामा माग गरेका हुन्। उनले खेलकुद मन्त्रीलाई साग गेममा स्वर्ण जितेको खेलाडी अहिले हलो जोत्‍नुपर्ने अवस्था रहेको भन्दै ध्यानकर्षण पनि गराए।

उनले दुई नम्बर प्रदेशमा मान्छेलाई हेला गरेको अरोप पनि लगाए। ‘दुई नम्बर प्रदेशका मान्छेहरुलाई तपाईंले किन हेला गरिरहनु भएको छ,’ खेलकुद मन्त्रीलाई प्रश्न गर्दै सांसद चौधरीले भने, ‘खेलकुदको दृष्टिकोणले, गरिबीको दृष्टिकोणले किन हेला गर्नुहुन्छ?’

उनले सबै मन्त्रीहरुलाई पार्टी र कार्याकर्ताभन्दा माथि हुन पनि आग्रह गरे।‘मन्त्रीजीहरु पार्टीभन्दा कार्यकर्ताभन्दा माथि उठ्नुस,’ उनले भने, ‘म खानेपानी मन्त्रीजी र खेलकुद मन्त्रीजीको राजीनामा माग गर्दछु।’

उनले मन्त्रीहरुले आफ्नो क्षेत्रबाहेक अन्य क्षेत्रमा बजेट नदिएको आरोप पनि लगाए।


 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्