सुदूरपश्चिममा थप १३ जनामा कोरोना पुष्टि, कहाँ कति ?

कञ्चनपुर २४ जेठ ।
सुदूरपश्चिममा आज थप १३ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार बझाङका ६, कैलाली र काठमाडौँका दुई=दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक/एक जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ५ पुगेको छ । कैलालीको गोदावरी नगरपालिका ४१ बर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ बर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका ३ का ३८ बर्षीय पुरुष, काठमाडौँका १८ र ३८ बर्षीय पुरुष, अछामको मंगलशैसन नगरपालिका वडा नम्वर १ की ५२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै बझाङमा ६ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा दुईजना ४० वर्षीया महिला छन् । उनीहरूमध्ये पाँचजना भारतको दिल्लीबाट र एकजना काठमाडौंबाट बझाङ पुगेका थिए।

जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले संक्रमितलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्