विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

जेठ २५, काठमाडौं – विश्वमा कोरोना संक्रमणको महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६०७ जना पुगेको हो।

संसारभर ६९ लाख ६६ हजार ४१२ जना कोरोना भाइरसबाट संक्रमित छन्। त्यस्तै अहिलेसम्म विश्वभर ३४ लाख ४ हजार ४१५ जना ठिक भएका छन्। अमेरिकामा १९ लाख ८८ हजार ४६१ संक्रमित भएका छन् भने एक लाख १२ हजार ९६ जनाको मृत्यु भएको छ।

यसैबीच ७ लाख ४८ हजार ६८७ निको भएर फर्किएका छन्। ब्राजिलमा ६ लाख ७३ हजार ५८७ जना संक्रमित भएका छन् भने ३५ हजार ९५७ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ३ लाख २ हजार ८४ जना ठिक भएका छन्। रसियामा अहिलेसम्म ४ लाख ५८ हजार ६८९ जना संक्रमित भएका छन् भने ५ हजार ७२५ जनाको कोरोनाबाट मृत्यु भएको छ।

त्यस्तै अहिलेसम्म २ लाख २१ हजार ३८८ जना ठिक भएका छन्। बेलायतमा अहिलेसम्म २ लाख ८४ हजार ८६८ कुल संक्रमित भएका छन् भने ४० हजार ४६५ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म २ लाख ४६ हजार ६२२ जना संक्रमित भएका छन् भने ६ हजार ९४६ जनाको मृत्यु भएको छ। त्यस्तै भारतमा अहिलेसम्म एक लाख १८ हजार ६९५ जना ठीक भएर घर फर्किएका छन्।

इटालीमा २ लाख ३४ हजार ८०१ जना कुल संक्रमित भएका छन् भने ३३ हजार ८४६ जनाको मृत्यु भएको छ। यसैबीच एक लाख ६५ हजार ७८ जना निको भएर फर्किएका छन्।

फ्रान्समा एक लाख ५३ हजार ६३४ कुल संक्रमित भएका छन् भने २९ हजार १४२ जनाको मृत्यु भएको छ। यसैबीच ७० हजार ८०६ जना निको भएर फर्किएका छन्। स्पेनमा २ लाख ८८ हजार ३९० कुल संक्रमित भएका छन् भने २७ हजार १३५ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा एक लाख १० हजार २६ जना संक्रमित भएका छन् भने १३ हजार १७० जनाको मृत्यु भएको छ। त्यस्तै मेक्सिकोमा अहिलेसम्म ७८ हजार ५९० जना निको भएर फर्किएका छन्। बेल्जियममा ५९ हजार ७२ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ५८० जनाको मृत्यु भएको छ।

यसैबीच १६ हजार १९० जना निको भएर फर्किएका छन्। जर्मनीमा एक लाख ८५ हजार ६९६ कुल संक्रमित भएका छन् भने ८ हजार ७६९ जनाको मृत्यु भएको छ ।

यसैबीच एक लाख ६८ हजार ९०० जना निको भएर फर्किएका छन्। विश्वमा ५३ हजार भन्दा धेरैको अवस्था गम्भीर रहेको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्