आजदेखि देशभरका मालपोत कार्यालय खुल्दैँ

जेठ २५, २०७७ काठमाडौं – आजदेखि देशभरका मालपोत कार्यालयहरू खुल्‍ने भएका छन्।

कोरोना भाइरस संक्रमणको जोखिम फैलिन नदिन लागू गरिएको लकडाउनका कारण ११ चैतदेखि बन्द भएका मालपोत कार्यालय साढे दुई महीनापछि खुल्न लागेका हुन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचनामार्फत आजदेखि सेवा पुनः सञ्चालन गर्न देशभरका मालपोत कार्यालयलाई निर्देशन दिएको छ। विभागका अनुसार सेवाग्राहीको अनुरोधलाई स्वीकार गर्दै मालपोत कार्यालय खोल्न लागिएको हो।

ती कार्यालयहरूले आवश्यक स्वास्थ तथा सुरक्षाका सावधानी अपनाएर सेवा सञ्चालन गर्नेछन्। मालपोत कार्यालय बन्द हुँदा जग्गा र यसको कारोबारको क्रममा हुने राजस्व संकलन समेत प्रभावित भएको थियो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्