महाकाली अस्पतालमा १८ जना कोरोना संक्रमितको उपचार हुदैँ, अवस्था सामान्य

महेन्द्रनगर २५ जेठ ।


कञ्चनपुरको महाकाली अस्पतालमा १८ जना कोरोना संक्रमितको उपचार भईरहेको बताईएको छ । शनिबार थपिएको तीन जना संक्रमितसहित १८ जनाको उपचार भईरहेको अस्पतालले जनाएको छ ।


महाकाली अस्पतालका कोरोना उपचार विभाग प्रमुख डाक्टर सरोज आचार्यले कोरोना संक्रमितको उपचार भईरहेको बताए । उनका अनुसार उपचारत सबै संक्रमितको अवस्था सुधारोन्मुख र सामान्य छ ।

‘हाल संक्रमितको उपचारको क्रम जारी छ’ डाक्टर आचार्यले भने ‘सबैको स्वास्थ्यमा सुधार भईरहेका छ, अवस्था सामान्य छ ।’ महाकालीमा कञ्चनपुरका ९ नौ, कञ्चनपुरका सात र काठमाडौँका २ जनाको महाकालीमा उपचार भईरहेको छ ।


धनगढीस्थीत प्रादेशिक प्रयोगशालाले सार्वजनीक गरेको रिपोर्ट अनुसार कञ्चनपुरमा भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका,महाकाली नगरपालिका र लालझाडी गाँउपालिका कोरोना संक्रमण देखिएको थियो ।

जस अनुसार पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र भीमदत्तका महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुष र महाकाली नगरपालिकाका ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै कैलालीका ७ र काठमाडौँका २ जनाको उपचार पनि महाकाली भईरहेका अस्पतालले जनाएको छ ।
साथै हाल महाकाली अस्पतालमा एक जना मात्रै आरडिटी पोजेटिभलाई राखिएको छ ।


महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पताल विकास समितीका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले पनि महाकालीमा कोरोनाका उपचारलाई सक्दो व्यवस्थापन भईरहेको बताए ।

उनका अनुसार अस्पताल कोरोना उपचारका लागि २१ जनाको टोलि तयार पारेको छ ।
उनिहरुले तिन वटा सिफ्टमा बिरामीको उपचार गर्ने अध्यक्ष जोशीको भनाई छ ।

साथै आवश्यक उपचारका लागि सबै तयारी रहेको उनको दावि छ । उनका अनुसार कोरोना उपचारका लागि अस्पतालले २० शैयाको आईशोलशन वार्ड तयार पारेको छ ।


अस्पतालले हाललाई २० वेडको आईशोलेशन वार्ड तयार पारेको छ भने ५० शैयाको कोरोना अस्पताल पनि अन्तिम चरणमा छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्