जेठ २५ बाट छोटा दूरीका, असार १ बाट लामो दूरीका बस चल्ने

काठमाण्डु, २३ जेठ– कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिँदै आएको लकडाउन खुकुलो हुने भएको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले लकडाउन खुकुलो पार्ने निर्णयसहित त्यसको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई जिम्मेवारी दिएको थियो ।

समितिले चरणबद्ध रुपमा लकडाउन खुकुलो पार्ने गरी प्रस्ताव तयार पारेको हो । २५ जेठबाट छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने गरी प्रस्ताव तयार पारेको छ ।

तर, १ सयभन्दा कम संख्यामा कोरोना संक्रमित भएका जिल्लामा मात्र त्यसरी सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछ । तर, एक जिल्लाबाट अर्कोमा जान पाइने छैन ।

बयस्तै यात्रुबाहक सवारीको क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाइने छ । यस्तै १ असारदेखि भने कूल सिट क्षमताको आधा मात्र यात्रु राखेर लामो दूरीका सवारी सञ्चालन गर्ने मिल्ने भएको छ ।

असार १ गतेबाटै आधा क्षमतामा यात्रु राखेर आन्तरिक हवाई उडान सुचारु गरिने समितिको प्रस्तावमा छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्