महिलामा कोरोना संक्रमण न्युन, २ सय ९ संक्रमित थपिँदा चार जना मात्रै महिला

२५ जेठ, काठमाडौं ।– नेपालमा आइतबार एकै दिन थप २ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय १३ जना नयाँ संक्रमित थपिएको बताए । उनका अनुसार थपिएका संक्रमितमा २ सय ९ पुरुष र ४ महिला छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । यस्तै नेपालमा ४ सय ६७ जना घर फर्किएका छन् । हालसम्म कोरोनाबाट १३ जनाको मृत्यु भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्