पुनर्वासबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

कञ्चनपुर, २६ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ अरनिकोबस्ती घर भएकि एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

केही दिन पहिले आफ्नै घरमा सामान्य अवस्थामा सुत्केरी भएकि २० वर्षीया लाजिमा मगर अत्यधिक रक्त श्रावसहित जटिल अवस्थामा देखिएपछि सोमबार हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं पुगाइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि पुनर्वास नगरपालिकाको सिफारिसमा सेती प्रादेशिक अस्पतालमा डायलिसिस विधिबाट निस्शुल्क उपचार गराइरहेको भएपनि सोही अस्पतालमा डायलिसिस गरिरहेका एकजनाको मृत्यु भएपछि मृतकको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भए लगत्तै उक्त डायलिसिस वार्ड नै सिल गरिएको थियो ।

डायलिसिस वार्ड सिल भएपछि त्यहाँ उपचाररत बाँकी बिरामी थप सङ्कटमा परेका थिए । स्वास्थ्यकर्मीहरू र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमको सहयोग र सहकार्यमा सोमबार हेलिकप्टर मार्फत लाजिमा मगरलाई थप उपचारका लागि उद्धार गरी काठमाडौं लगिएको हो । सुत्केरी महिलालाई हेलिकप्टर मार्फत धनगढीबाट काठमाडौं उद्धार गर्न सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङको पहलमा उद्धार कार्य सम्भव भएको सुत्केरी महिलाका आफन्त डम्मर तामाङले जानकारी दिनुभयो ।

घरमै पहिलो सन्तानको रुपमा एक बच्चालाई जन्म दिएकी मगरलाई सोमबार नै काठमाडौँ स्थित शिक्षण अस्पतालमा भर्ना गरिएको उहाँका श्रीमान् शक्ति तामाङले जानकारी दिनुभयो

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्