रुपन्देही हत्या प्रकरणः एक जना पक्राउ


बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छिबजारस्थित गंगादेवी गाई फार्ममा काम गर्ने ५ जनाको हत्या भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले कोदालो प्रहारबाट हत्या भएको खुलेको छ । प्रहरीले हत्या गरेको हुन सक्ने आशंकामा गाई फर्ममै काम गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।

उनी हत्याको केही समयपछि फर्मबाट भागेका थिए । प्रहरीले समात्दा उनी अचेत भएपछि अस्पताल लगिएको छ । गाई फर्मका सञ्चालक कृष्ण कुँवरले काम गर्नेहरुबीच कहिल्यै झै–झगडा भएको नसुनेको बताए । ‘मनमुटाव भएको सुनिएको थिएन, एक्कासी यस्तो घटना भयो, उनले भने ।

हत्या गरिएकामध्ये सैनामैना वालापुरका श्रीमानरश्रीमती माधव मुसहर र जानकी मुसहर तथा सोही स्थानका कोषराज मुसहर रहेका छन् । त्यस्तै अन्य दुई करण चौधरी र आशिष चौधरी तिलोत्तमा नगरपालिकाकै हुन् ।

रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीका अनुसार गाई फर्मको गोठमै सुतिरहेका उनीहरुको हत्या भएको हो । मुसहर दम्पत्तीसहित तीन जना लामो समयदेखि फर्ममा काम गर्दै आएका थिए ।

दुई चौधरी भने कहिलेकाही फर्ममा काम गर्न आउने गरेका थिए । प्रहरीले हत्याबारे अनुसनधान भइरहेको जानकारी दिएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्