सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५८ पुग्यो

महेन्द्रनगर २७ जेठ ।
सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमारले धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एकरएक जनामा कोरोना पुष्टि भएको हो।

कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई बर्षीय बालिका र २८ बर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ बर्षीय युवक, दार्चुलाको लेकम गाउँपालिकाका २६ बर्षीय युवक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २५ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

उता प्रदेश ५ मा पनि अछामकी एक महिलामा आज नै कोरोना पुष्टि भएको थियो । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ५८ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका ५५ जना, कञ्चनपुरमा ३३, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्