नगर प्रमुख विष्टद्धारा पिसिआर मेसिन खरिद प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन

महेन्द्रनगर २७ जेठ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले नोबेल कोरोना भाईरसको संक्रमण परिक्षणका लागि पिसीआर मेसिन खरिद पक्रिया अगाडी बढाएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख एवंम् कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि निर्देशन तथा समन्वय समितिका संयोजक सुरन्द्र विष्टले पिसिआर मेसिन खरिदका लागि नगरपालिकाको खरिद समितिलाई निर्देशन दिईएको बताए ।


उनका अनुसार महाकाली अस्पतालको नेतृत्व हुने गरि पिसिआर मेसिन खरिद गरिन लागेको हो । मेसिन खरिदका लागि जिल्लास्थित सबै स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने उनको भनाई छ ।


सरोकारवाला निकायसँग पिसिआर मेसिन खरिदका लागि छलफल गरिएको छ नगर प्रमुख सुरेन्द्र विष्टले भने कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि परिक्षण हुन जरुरी छ, त्यसका लागि महाकाली अस्पतालमै मसिन राखेर परिक्षण गर्ने व्यवस्थापन भईरहेको छ ।’


आवश्यक बजेट जिल्लाका स्थानीय तहले व्यवस्थापन गर्ने र जनशक्तीका लागि केन्द्र सरकारसँग पहल गर्ने उनको भनाई छ ।

मंगलबार महाकाली अस्पताल विकास सिित लगायतसँग मेसिन खरिदका लागि छलफल गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्