अमेरिकाद्वारा कोरोना नियन्त्रणका लागि नेपाललाई थप ५५ लाख डलर सहयोग

काठमाडौँ — अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसइआईडी० मार्फत नेपाललाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ५५ लाख अमेरिकी डलर सहयोग आएको छ ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले युएसएआईडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गरेका हुन् । यसँगै नेपाललाई अमेरिकी सरकारले उपलब्ध गराएको कोभिड–१९ सहायता ७३ लाख डलर पुगेको छ ।

अमेरिकाले निजी क्षेत्रको लगानीबाट लाभ लिदै उक्त सहायताले जोखिमयुक्त क्षेत्रमा स्थानीय सरकार तथा निकायहरूलाई कोभिड–१९ का आर्थिक–सामाजिक प्रभावसम्बन्धी मूल्याङ्कन, योजना तथा प्रतिकार्यसम्बन्धी कार्यमा सघाउने जनाएको छ ।

युएसएआईडीले स्थानीय स्तरमा जोखिम सञ्चार सञ्चालन, प्रयोगशाला प्रणालीको तयारी, केस पत्ता लगाउने कार्य तथा निगरानीको क्रियाशीलता र प्राविधिक विशेषज्ञहरूलाई प्रतिकार्य तथा पूर्वतयारीका निम्ति सहयोगका लागि समेत स्वास्थ्य सहायता प्रदान गरेको जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्