नेपालमा मनसुन शुरु हुन अझ केही दिन लाग्ने, यस्तो छ आजको मौसम

नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्यतया नेपालको पूर्वी भू–भागमा आजकै दिन वा जुन १० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने भएको छ।

हाल देशको बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भू–भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडि भू–भागहरुमा र प्रदेश २ का पश्चिम तिरका भू–भागहरुमा सामान्य बदली रहेको छ भने बांकी भू–भागहरुमा आंशिक बदली रहेको छ। प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू–भागमा सामान्य बदली रही थोरै स्थानहरु साथै कर्णाली प्र–देश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहि का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध छ ।

बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै प्रदेश नं २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, प्रदेश नं २ बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली साथै बांकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५मा सामान्य बदली तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको साथै वांकी प्रदेशका १–२ स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्