कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन भएको हैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन नभएको बताएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले उनीहरुलाई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको बताए ।

कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण पाइएको पनि उल्लेख गरे ।

उनले ८५ प्रतिशत नेपाली भारतबाट आएकामा कोरोना संक्रमण देखिएको बताए ।

नेपालमा ४ हजार ८५ जनामा कोरोना देखिएको बताउँदै उनले ५ सय जना निको भएर घर फर्किएको पनि बताए । नेपालमा निको भएर घर फर्कनेको संख्या राम्रो रहेको उनले उल्लेख गरे ।

यस्तै विदेशका विभिन्न मुलुकमा रहेका १४ हजार ४ सय जना नेपालमा कोरोना संक्रमण भएको र १३ मुलुकमा १ सय २७ नेपालीको मृत्यु भएको पनि प्रधानमन्त्रीले जानकारी गराए ।

अहिले दैनिक ५ हजार परीक्षण भइरहेको बताउँदै स्वाव निकालेर परीक्षण गर्नुपर्ने संख्या ठूलो रहेकाले पीसीआर मेसिन, किटहरु विभिन्न देशबाट ल्याउन सरकारले पहल गरिरहेको बताए ।-रातोपाटी

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्