कञ्चनपुरका युवाद्धारा प्रदर्शनसहित एमसीसी खारेजीको माग(भिडियो)

महेन्द्रनगर २८ जेठ ।
कञ्चनपुरका युवाहरुले एमसीसी खारेज गर्न माग गरेका छन् । बुधबार महेन्द्रनगरमा युवाहरु प्रदर्शनसहित एमसीसी खारेजीको माग गरेको हुन् ।


जिल्लाका स्थानीय युवा तथा विद्यार्थी नेताहरुले संयुक्त रुपमा अमेरिकी सहयोग एमसिसीको विरोध गरेका हुन् । कञ्चनपुरको युवा विद्यार्थी नेता गणेशराज मिश्रले एमसीसी राष्ट्रघात सम्झौता भएकाले खारेजीको मागसहित प्रर्शसन गरिएको बताए ।


उनका अनुसार महेन्द्रनगरको मदनचोकदेखि सुरु भएको प्रदर्शन बजार हुँदै जिल्ला प्रशासन कार्यालयमा घर्ना समेत दिईएको छ ।

‘ एमसिसि कुनै पति तरिकाबाट राष्ट्रको हितमा छैन् ।’ युवा नेता मिश्रले भने ‘पैसामा राष्ट्रियता र देशको स्वाभिमान बेच्न सकिदैन यसलाई तत्काल खारेज गर्न चौतर्फी जन दबाव आवश्यक छ ।’


त्यस्तै विद्यार्थी नेता नरेन्द्र भाटले एमसिसी तत्काल खारेज गर्न पर्ने बताए । उनले एमसिसी राष्ट्रघाती सम्झौता भएको बताउदैँ कुनै पनि हालत पारित गर्न नहुने उनको बझाई छ ।
साथै युवास्तरबाट एमसिसि संसदबाट पारित हुन नदिनका लागि दवावका लागि प्रर्दशन गरिएको उनको भनाई छ ।

‘एमसिसि कुनै पनि हालतमा नेपालको पक्षमा छैन ।’ नेता भाटले भने ‘राष्ट्रियता विरोधी कुनै पनि सम्झौता मान्य हुदैँन् राष्ट्रियता पैसामा बेच्न सकिदैँन् ।’


त्यस्तै राष्ट्रघाती एमसिसि पारित भएमा आन्दोलनमा जाने युवाहरु चेतावनी समेत दिएका छन् ।

Gepostet von Ganesh Raj Mishra am Dienstag, 9. Juni 2020
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्