संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन, नत्र कारबाही गर्ने चेतावनी

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।

पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

बुधबार संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । उनको सो प्रस्तावको तीव्र विरोध भइरहेको बेलामा पार्टीले भने यस्तो चेतावनी दिएको हो ।

मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए । तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्