प्रधानमन्त्रीको जवाफ: १० अर्बको हिसाबको चिन्ता नगरौं, कोभिड-१९ को चिन्ता गरौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड(१९ नियन्त्रण रोकथाममा १० अर्ब रकम खर्च भएको विषयमा हिसाब नगर्न सुझाएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले अहिले कोभिड(१९ को विषयमा चिन्ता गर्न सांसदहरूलाई आग्रह गरे।

मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १० अर्ब खर्च भएको विषयमा हिसाब मागेको थियो।

प्रधानमन्त्री ओलीले १० अर्बको हिसाब प्रणालीगत हिसाबले आउने बताए।

’दश अर्ब खर्च भए कहाँ भयो भन्ने प्रश्न आए। त्यसको प्रणाली छ। केन्द्रले प्रदेश र स्थानीय तहमा पठाउँछ। प्रदेशले स्थानीय तहमा पठाउँछ। अहिले कामका बेला लेखा परीक्षणमा बढी केन्द्रित भएका छैनौं। अहिले काममा केन्द्रीत भएका छौं,’ प्रधानमन्त्रीले भने, ’रकम पठाइएको छ।’

उनले अनियमितता भएको भेटिए सरकारले कारबाही गर्ने र कानुनको कठघरामा ल्याउने बताए।

उनले अहिले स्थानीय तहलाई भ्रष्टाचार ग¥यो भनेर अविश्वास गर्ने अवस्था नरहेको बताए।

’अहिले अविश्वास गरिहाल्ने अवस्था छैन। प्रदेश र स्थनीय तह भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए। अलिकति रकम पाउन साथ भ्रष्टाचार गरे भनेर अविश्वास गर्ने अवस्था छैन’, ओलीले भने, ’स्थानीय तहहरू जनतालाई सुविधा राहत पु¥याउन काम गरिरहेका छन्। यत्रो ठूलो आपत आइलाग्दा बजेटको सीमा छ। खर्चको सीमा छ। जसरी काम गरिरहनुभएको छ म प्रशंसा गर्न चाहान्छु। हामीले भावनामा चोट पुग्ने गरी शब्दावली प्रयोग गर्न हुँदैन।’

उनले स्थानीय तहहरूको काम गराइबाट कसरी धान्नुभएको होला भन्ने जिज्ञासा आफूलाई भएको बताए।

’एउटै नाकामा पनि ५र७ हजार थपिएका छन्। घर पठाए समुदायमा फैलने डर होला। मान्छेका असन्तुष्टि र आक्रोशबीच कसरी काम गरिरहेका होलान्। फिल्डमा रोगसँग, खतरासँग लडेर काम गरिराख्नुभएको छ।’

उनले सरकारले आन्तरिक लेखा परीक्षण गर्ने, महालेखाले रिपोर्ट दिने भएकाले अहिले हिसाबको चिन्ता गर्नु नपर्ने बताए।

’हरेक हिसाब किताब रूजु बेरूजु आउँछ। आन्तरिक लेखा परीक्षणको हिसाब पनि आउँछ। हिसाबको चिन्ता नगरौं। कोभिड(१९ को चिन्ता गरौं’, ओलीले भने।

उनले जे मा पनि अहिले अनियमितता देख्ने काम भएको बताए। यद्यपी उनले आफूले भ्रष्टाचार भएकै छैन भनेर दाबी नगर्ने बताए।

’अहिले केही पनि भ्रष्टाचार भएको छैन पनि म भन्दिनँ’, ओलीले भने, ’यस्तो संकटको बेला दुनियाँ तनावमा भएका बेला कसैले भ्रष्टाचार गर्छ भने कुनै पनि हालतमा सह्य हुँदैन।’-सेतोपाटी

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्