रोकिएको सामाजिक सुरक्षा भत्ता वितरण गर्न स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौँ २८ जेठ ।

६० वर्ष मुनिका एकल महिला (विधवा) र अति अशक्त (ख वर्ग) का अपांगता भएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।

यसअघि तेस्रो चौमासिक चैत महीनादेखि लागू हुने गरी ती दुई समूहलाई सामाजिक सुरक्षा भत्ता नदिने गरी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै स्थानीय तहलाई परिपत्र गरेको थियो।

तर मन्त्रिपरिषदको २२ जेठको निर्णयअनुसार कोभिड १९ महामारीको अवस्थालाई मध्यनजर गर्दै ६० वर्ष नपुगेका एकल महिला र अति अशक्त अपांगतालाई यसअघि प्रदान गर्ने गरिएको मासिक भत्ता क्रमशस् रु.२००० र रु.१६०० प्रदान गर्न भन्दै विभागले आज पत्राचार गरेको हो।

यो दुई समूहले लिंदै आएको भत्ता एक्कासी महामारीको बेला रोकिएको भन्दै अधिकारवादी संघसंस्थाले विरोध गर्दै आएका थिए।

तर, सरकारले १५ जेठमा प्रस्तुत गरेको बजेट वक्तव्यमा सामाजिक सुरक्षा भत्ता कायम रहने भनेपछि मन्त्रिपरिषदले समेत निर्णय गरेर गृहमन्त्रालयको पञ्जीकरण विभागले आज (बुधबार) सबै स्थानीय तहमा पत्राचार गरेको जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्