रंगभेदविरुद्ध बलिउड सेलिब्रिटी

२८ जेठ, मुम्बई – एक अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्यु भएपछि अमेरिकाको मिनेपोलिस सहरसहित अन्य धेरै सहरमा हिंसा भड्किएको छ।यो घटनाले विभिन्न सहरमा कर्फ्यु समेत लगाउनुप¥यो।

अमेरिकालगायत अन्य देशमा पनि यो घटनाको विरोध भइरहेको छ। यसै क्रममा भारतमा पनि यो घटनाविरुद्ध आवाज उठेको छ। तर बलिउडका केही कलाकारले जब सामाजिक सञ्जालमा यस घटना र रंगभेदको विषयमा टिप्पणी गरे तब मानिसले उनीहरू उपर विभिन्न प्रश्न तेस्र्याएका छन्।

भारतमा यस्ता घटना हुँदा बलिउड सेलिब्रिटी चुप बस्छन् तर अमेरिकाको यो घटनाले उनीहरूलाई दुःख पु¥याएको भन्दै टिप्पणी आइरहेका छन्। कतिपयले गोरो बनाउने क्रिमको विज्ञापन गर्ने कलाकारको तस्बिर पोस्ट गर्दै उनीहरूको कुरा कत्तिको जायज छ ? भन्ने प्रश्न गरेका छन्।

टिम कंगना रनावतको ट्विटर ह्यान्डलबाट बीबीसी न्युजलाई दिइएको उनको एउटा अन्तर्वार्ता सेयर गरिएको छ, जसमा उनीहरूले स्थानीय मुद्दा छोडेर हजारौं किमि टाढा अमेरिकाको मुद्दाको विषयमा भारतीय सेलिब्रिटीको चिन्तामाथि कटाक्ष गरिएको छ।

जम्मु कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले पनि अमेरिकामा भएको यो घटनामाथि भारतीय सेलिब्रिटीको ट्विटमाथि प्रश्न उठाएका छन्। उनले ट्विटरमा लेखिन्, ‘जब तपाईं अमेरिकीको जीवनका लागि ट्विट गर्नुहुन्छ तर भारतीयका लागि गर्न सक्नुहुन्न नि, यसले तपाईंको कायरता देखाउँछ।’

पत्रकार राणा अयुबले पनि ट्विटरमा लेखे, ‘हाम्रा स्टार दिल्लीमा मुसलमान विरोधी घटना, लिचिङ, नागरिकता कानुन, शिक्षाविद् र बुद्धिजीवीहरूको गिरफ्तारीमाथि चुप बस्छन् उनीहरू ब्ल्याक लाइभ्स म्याटर प्रयोग गरिरहेका छन्।’

ती व्यक्ति जसले गोरो बनाउने क्रिमको प्रयोग गरिरहेका छन्, अरूलाई पनि यो प्रयोग गर्न सुझाइरहेका छन् तर रंगभेदको विरोध पनि गरिरहेका छन्, उनीहरू एक दर्जाका पाखण्डी हुन्।


नेत्री कविता कृष्णनले ट्विटमा लेखिन्, ‘प्रियंका चोपडा, जर्ज फ्लोयडको हत्या र ह्यासट्याग ब्ल्याक लाइभ्स म्याटरमा तपाईंहरू एकजुट देखेर खुसी लाग्यो। तर तपाईं आफ्नै देशमा भइरहेको मुसलमानविरुद्ध भारतको पुलिसको संस्थागत इस्लामोफोबिक हिंसामा किन चुप हुनुहुन्छ ? कृपया भनिदिनुहोस्।’

बलिउड अभिनेता अभय देओलले पनि इन्स्टाग्राममा एउटा लामो पोस्ट लेखेका छन्, जसमा उनले देशका सेलिब्रिटीलाई अमेरिकामा भएको घटना देख्न सक्ने उनीहरूले आफ्नो वरिपरि नै भइरहेको घटनामाथि पनि विचार गर्नुपर्ने बताएका छन्। अभय देओलको यो पोस्टमा धेरैले आफ्नो विचार राख्दै थुप्रै सेलिब्रिटीमाथि प्रश्न उठाएका छन्।

पूर्वक्रिकेटर हरभजन सिंहले अभय देओलको इन्स्टाग्राम पोस्ट ट्विट गरेर लेखेका छन्, ‘अभय देओल, तपाईंसँग पूर्ण समर्थन छ। हो, हरेक प्रवासीको जीवन महत्त्वपूर्ण छ। हो, अल्पसंख्यकको जीवन पनि महत्त्वपूर्ण छ। हो, गरिबको जीवन पनि महत्त्वपूर्ण छ।’

नायिका दिशा पटानीले हालै एउटा तस्बिरसहित स्ट्याटस लेखिन्, ‘सबै रंग सुन्दर छन्।’ थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको यो ट्विटमा प्रश्न बर्साए। एक प्रयोगकर्ताले लेखिन्, ‘तपाईं त्यो फेयरनेस क्रिमको विज्ञापनका लागि काम गर्नुहुन्छ जसले भन्छ, ‘थप गोरोपन…’

नायिका तमन्ना भाटियाले पनि आफ्नो तस्बिर पोस्ट गरिन् जसमा उनले लेखेकी छिन्, ‘तपाईंको मौनताले तपाईंलाई बचाउँदैन। के मानिस, के जनावर, हरेकको जीवन महत्त्वपूर्ण छैन र ? कसैलाई चुप लगाउनु संसारको कानुनविरुद्ध हो। हामीले पुनः मानिस हुन, दया व्यक्त गर्न, प्रेम अपनाउनका लागि, कति कुरा बिर्सनुपर्ने हुन्छ र सिक्नुपर्ने हुन्छ।’

सो पोस्टमा पनि थुप्रैले उनीमाथि प्रश्न उठाएका छन् र गोरोपनको दाबी गर्ने क्रिमको उनको विज्ञापनको तस्बिर पनि पोस्ट गरेका छन्। कतिले उनीमाथि आफ्नो देशको समस्याबारे पनि प्रश्न उठाउन भने।

एकजनाको प्रतिक्रिया छ, ‘ती व्यक्ति जसले गोरो बनाउने क्रिमको प्रयोग गरिरहेका छन्, अरुलाई पनि यो प्रयोग गर्न सुझाइरहेका छन् तर रंगभेदको विरोध पनि गरिरहेका छन्, उनीहरू एक दर्जाका पाखण्डी हुन्।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्