कञ्चनपुरमा भारतबाट लुकिछिपी ल्याउँदै गरेको हार्डवेयर समान बरामद

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिकाबाट सशस्त्र प्रहरीले चोरी तस्करी गरी ल्याउँदै गरेको हार्डवेयरका समान बरामद गरेको छ ।

लकडाउनको समयमा भारतबाट लुकिछिपी चोरी तस्करी गरेर ल्याउँदै गरेको तीन लाख ८८ हजार बराबरको हार्डवेयर र अन्य समान सशस्त्र प्रहरीले बरामत गरेको हो ।

महाकाली नगरपालिका–३ बडुवाल टोल र ७ कञ्चभोज नेपाल भारत सिमा क्षेत्र आसपासबाट बरामद गरिएको सशस्त्र प्रहरीबल नेपाल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रमुख शसस्त्र प्रहरी निरीक्षक राम भण्डारीले बताए ।

‘भारतबाट लुकिछिपी चोरी गरी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीरे समान बरामत गरेको हो भने समान चोरी तस्करी गरी ल्याउँने मान्छे भने समान छोडी फरार छन् ।’ उनले भने ।

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासमा नेपाल र भारत दुवैतर्फ देश लकडाउन छ । तर लकडाउनको बिचमै खुला सीमाको फाइदा उठाउदै कञ्चनपुरको विभिन्न ठाउँबाट सामान तस्करी हुने गरेको पाइएको छ ।

लकडाउनको बेला भारतबाट हुने गरेको तस्करी न्युनिकरणका लागि अहिले सशस्त्र प्रहरीबल बोडर आउट पोष्ट दोधारा चाँदनीले सिमा क्षेत्रमा निकै सक्रियता बढाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्