मध्यरातमा झ्यालबाटै कोठामा पसेर कञ्चनपुरमा १५ वर्षीय बालिकामाथि बलात्कार

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहमा एक १५ वर्षीय बालिकामाथि बलात्कार भएको छ ।

बलात्कार आरोपमा बेलौरी नगरपालिका–७ पौलाहकै २५ वर्षीय युवक पक्राउ परेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।
घरको कोठामा एक्लै सुतिरहेको मौका छोपी झ्यालबाट कोठामा प्रवेश गरेर बलात्कार गरेको बालिकाको आरोप छ । गएराती घरको पछाडी पट्टीको झ्याल तोडेर कोठा प्रवेश गरी बालिकामाथि ‘बलात्कार’ भएको हो ।

‘बलात्कार आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ प्रहरी निरीक्षक चन्दले भने ।

उनका अनुसार विस्तृत स्वास्थ्य परीक्षणका लागि बालिका अहिले सेती प्रादेशिक अस्पताल लगिएको छ । बलात्कार आरोपमा पक्राउ पर्ने युवक बालिकाकै छिमेकी हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्