लकडाउनकैबिच सामाजिक विकासमन्त्रीले गरे कञ्चनपुरमा कोरोना अस्पतालको उद्धघाटन

महेन्द्रनगर ३० जेठ । कञ्चनपुरको महेन्द्रनगरको महाकाली अस्पतालमा कोरोना अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ५० शैयाको उक्त अस्पताल उद्धघाटन गरे ।


नोबेल कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनकै अवधिमा मन्त्री सुवेदलीले औपचारिक रुपमा उद्धघाटन गरेका हुन् ।
प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा कोरोना अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेको थियो । कैलालीमा यस अघि नै निर्माण कार्य सम्मन्न भई अस्पताल सञ्चालनमा आईसकेको छ ।
कञ्चनपुरमा ९२ लाख ५४ हजारमा कोरोना अस्पताल निर्माणका लागि विपिन विल्र्डसले निर्माणको जिम्मा पाएको थियो । जेठ ७ गते निर्माण सम्पनन गर्नुपर्ने भएपनि झण्डै तीन साता ढिलो गरी अस्पतालको निर्माण सकिएको हो ।

महाकाली अस्पतालले नयाँ संक्रमित भएर आउने बिरामीलाई नवनिर्मित भवनमा राख्ने महाकाली अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट हरीकुमार श्रेष्ठले बताए । अहिले महाकाली अस्पतालमा कञ्चनपुर र कैलालीका गरेर ३३ जना संक्रमित उपचारत रहेका छन ्। धनगढीमा यसअघि नै कोरोना अस्पताल सञ्चालन भईसकेको छ।

यस्तै अस्पताल उद्धघाटनपछि अस्पतालका मेसु डाक्टर श्रेष्ठले महाकाली अस्पतालमा पीसीआर मेसिन जडानका लागि आवश्यक पूर्वाधार र जनशक्ति अभाव रहेको बताए।

उनले पीसीआर विधिबाट परीक्षण गर्न अपरिहार्य रहेको बताउँदै यसका लागि आवश्यक पूर्वाधार र जनशक्ति सरकारले उपलब्ध गराउनुपर्ने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्