श्वास-प्रश्वासमा समस्या देखिएपछि दिपायल सिलगढी नगरपालिकाकी हेलिकोप्टरबाट काठमाडौं लगियो

डोटीको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

सँगै रहेका ज्वाईँ भरत खड्काका अनुसार, क्वारेन्टिाइन व्यवस्थापन लगायत कामको धपेडीले पछिल्लो १० दिन देखि स्वास्थ्यमा समस्या देखिएपछि धनगढीमा उपचार गरेर घरमै उनी आराम गरिरहेकी थिइन्।

मलासीलाई एक्कासी बिहीबार राति श्वासप्रश्वासमा थप समस्या भएकाले प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो। उनको ग्रान्डी अस्पतालमा उपचार शुरु गरिएको पनि खड्काले जानकारी दिए।

डोटीको दिपायल सिलगढी नगरपालिकामा भारतबाट आएका दुई हजार जनाभन्दा बढी क्वारेन्टिनमा भएको उपप्रमुख शिवराज खड्काले बताए। अहिलेसम्म नगरपालिकामा कोरोना संक्रमित देखिएका छैनन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्