कञ्चनपुरको भेटेनरी अस्पतालका उपकरण लिन आएको सेतीको टोलीलाई रित्तै फिर्ता पठाईयो !

मदनराज गिरी

महेन्द्रनगर ३० जेठ ।
कञ्चनपुरको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको ल्याबमा रहेका उपकरण लिन आएको सेती प्रादेशिक अस्पतालको टोली रित्तै धनगढी फिर्ता भएको छ ।
शुक्रबार महेन्द्रनगरस्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रयोगशाला(ल्याब)का उपकरण लिन सेती अस्पताल आपुर्ति शाखाको टोली कञ्चनपुर पुगेको थियो । तर टोलिले उपकरण नलिई फिर्ता भएको छ ।

सेती अस्पतालको टोलीलाई महाकाली अस्पताल विकास समितिका अध्यक्ष लगायत मानव अधिकारकर्मी मानव अधिकारकर्मी कोमल निरञ्जन भाट, नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मी, पत्रकार महासंघका अध्यक्ष विष्णु अवस्थी, गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलाल लगायतको टोलिले उपकरण लिन नदिएको बताईएको छ ।
कञ्चनपुरमा कोरोना परिक्षण ल्याब सञ्चालन गर्ने तयारी भईरहेका बेला ल्याबका लागि चाहिने उपकरण लिन आएको टोलिलाई रित्तै फिर्ता पठाईएको हो ।

महाकाली अस्पताल विकास समितिका अध्यक्ष कष्णादत्त जोशीले कञ्चनपुरलाई नै आवश्यक पर्ने उपकरण कैलाली लैजान थालेपछि आफुहरुले रोकेको बताए ।

उनका अनुसार सेती अस्पतालले पत्रसहित कञ्चनपुरको भेटेनरी अस्पतालका उपकरण लिएर आउन पत्रसहित टोलि महेन्द्रनगर पठाएको थियो । अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डाक्टर हेमराज पाण्डेले पत्र सहित टोली महेन्द्रनगर पठाएका हुन् ।


यस्तो छ सेती अस्पतालको पत्र

पिसिआर परिक्षणका लागि आवश्यक ल्याबका लागि चाहिने केही उपकरण भेटेनरी ल्यापमा रहेको उनको भनाई छ । ‘कोरोना परिक्षणका लागि हामी आफै मेसिन खरिद गरेर ल्याप स्थापना गर्दैछौँ’ अध्यक्ष जोशीले भने ‘ल्याप स्थापना गर्दा ति उपकरण हामीले किन्नु पर्दैन्, त्यसैले यताको सामान यतै प्रयोग हुनुपर्छ ।’


जिल्ला समन्वय समितिले बोलाएको बैठकबाटै मानव अधिकारकर्मी, पत्रकारसहितको टिम भेटेनरी अस्पतालमा रहेका प्रयोगशाला हेर्न जाँदा उपकरण लिन आएको सेतीको टोलीसँग भेट भएको उनको भनाई छ ।

साथै पशु अस्पतालको प्रयोगशालामा पुर्वाधार थपेर कोरोना परिक्षणका लागि सहज हुने उनको दावि छ । धनगढीमा रहेको कोरोना परिक्षण ल्याब पनि भेटेनरी अस्पतालको प्रयोगशाखामा नै स्थापना गरिएको छ ।

सेती अस्पतालले पशु विभाग भेटेनरी विभागकै अनुमतीमा उपकरण लिन टोली पठाएको बुझीएको छ । उक्त उपकरणको मुल्य करिब ४० देखि ५० लाखसम्म पर्ने बताईएको छ ।

त्यस्तै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पान सिंह ठगुन्नाले सेती प्रादेशिक अस्पतालले लिन चाहेको उपकरण आफुहरुसँग नभएको बताए । उनले सेती अस्पतालले केन्द्रको ल्यापमा रहेको केही उपकरण लिन टोली पठाएको भएपनि उक्त उपकरण आफुहरुसँग नरहेको बताए ।


साथै सेतीको टोली आवश्यक उपकरण नपाएपछि आफै फिर्ता भएको उनको दावि छ । साथै केन्द्रको प्रयोगशालामा कोरोना परिक्षण ल्याब स्थापना गर्न पुर्वाधार आवश्यक पर्ने बताए ।

भाईरस परिक्षणका लागि बोयो सेक्युरेटी लेभल–२ अनुसारको ल्याब आवश्यक पर्ने भएकाले त्यो विज्ञ केन्द्रसँग उपब्लध नभएको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्