सुदूरपश्चिममा घट्दैँ कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा संक्रमित शुन्य

महेन्द्रनगर ३० जेठ । सुदूरपश्चिम प्रदेशमा बितेकोे २४ घण्टामा कोरोना भाइरस संक्रमित भेटिएका छैनन् । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले २४ घण्टाको अवधिमा संक्रमित को संख्या शुन्य रहेको बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका एक सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । सुदूरपश्चिममा बीहिबार मात्र ४ दिने शिशु सहित २७ जनामा कोरोनाको संक्रमण देखिएको थियो ।

बीहिबार भेटिएका मध्ये १८ जना बाजुराका, ७ जना कैलाली र दुईजना बझाङका रहेका थिए । साथै पछिल्लो समयमा सुदुरपश्चिममा कोरोना संक्रमति पुष्टी हुनेको संख्या घट्दो अवस्थामा छ ।

सुदूरपश्चिममा अहिले सम्म एक सय ९१ जना संक्रमित भेटिएका छन ्। उनीहरु मध्ये दुईजनाको मृत्यु भएको छ भने १९ जनालाई डिस्चार्ज गरिएको छ ।

सबैभन्दा बढि कैलालीमा ६७, कञ्चनपुरमा ३४, बाजुराका २१, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्