अमेरिकास्थीत नेपालीको सहयोगमा कञ्चनपुरका वृद्ध सेवा केन्द्र र अनाथालयमा खाद्यान्न सहयोग

महेन्द्रनगर ३० जेठ ।
अमेरिकास्थित नेपालीको सहयोगमा कञ्चनपुरका वृद्ध सेवा केन्द्र र अनाथालमा खाद्यान्न सहयोग गरिएको छ ।

अमेरिकामा विद्या वारिधी गरिरहेका सुदूरपश्मिाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक टेकेन्द्र प्रशाद भट्टको पहलमा संकलन गरिएको रकमबाट कञ्चनपुरका वृद्ध सेवा केन्द्र र अनाथालमा खाद्यान्न सहयोग हो ।


विदेशमा रहेर मातृभूमिका नागरिकको पीडा स्मरण गर्दै उप प्राध्पापक भट्टले अमेरिकामा आफु र त्यहाँ रहेका नेपालीबाट आर्थिक सहयोग गरेर नेपाल (कञ्चनपुर) पठाएका हुन् ।
उप प्राध्यापक मनिश ओझा, विद्यार्थी नेता नरेन्द्र भाट लगायतको समन्वयमा महेन्द्रनगरमा डेरा गरि बस्ने समस्या परेका विद्यार्थी, मजदुर, अनाथालय, सर्वसाधारण लगायत बृद्धआश्रममा बस्ने नागरिकलाई खाद्यान्न सहयोग हुदैँ आएको छ ।


सोही कार्यक्रम अन्र्तगत शुक्रबार महिला तथा बृद्ध आश्रम केन्द्र वनखेत, महाकाली बाल अनाथालय महेन्द्रनगर र बैजनाथ रौटेला बृद्धआश्रममा खाद्यान्न वितरण गरिएको उप प्राध्यापक मनिश ओझाले बताए ।

उनका अनुसार लकडाउनका कारण समस्या परेकालाई खाद्यान्न सहयोग गरिएको हो ।
यस अघि उक्त समुहले सुप–विश्वविद्यालय, कञ्चन सामुदायिक कलेजमा अध्ययरत डेरामा बस्ने विद्यार्थीलाई चामल, दाल, नुन, तेल वितरण गरि सकेको छ ।


यस्तै भीमदत्त नगरपालिका १२, १३ १४, १७ लगायतका वडाहरुका मजदुर एवं विपन्न समुदायलाई पनि खाद्यान्न वितरण गरेको थियो ।
हाल अमेरिकामा रहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उप–प्राध्यपक टेकेन्द्र भट्टले त्यहाँ रहेका नेपालीबाट समस्यामा रहेका विद्यार्थीलाई सहयोग रकम संकलन गरि नेपाल पठाएको बताए ।

त्यस्तै विद्यार्थि नेता नरेन्द्र भाटले समस्यामा परेकालाई निरन्तर सहयोग गर्न लागि गरेको बताए । विभिन्न दाताहरुको सहयोगमा सहजीकरण र समन्वय गरि राहत वितरण कार्य भईरहेको उनको भनाई छ ।


‘यहाँ रहेको साथिहरुले व्यक्तिगत खर्च कटाएर समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न रकम संकलन ग¥यौँ’ उप प्राध्यापक भट्टले अमेरिकाबाटै भने ‘यहाँ हामी पनि लकडाउनले समस्यामा छौँ, तर विद्यार्थीको समस्यालाई बुझेर सक्दो सहयोग गर्ने प्रयास गरेका हौँ ।’

त्यस्तै रकम संकलनको क्रम जारी रहेकाले सहयोगी दातालाई सक्दो सहयोगका लागि उनले आग्रह समेत गरेका छन् ।
साथै राहत विरतणमा सहयोग तथा समन्वयकारी भुमीका निर्वाह गरेको उनले धन्यवाद दिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्