कञ्चनपुरका ३ सय ७१ जनाको पिसिआर रिर्पोट सातादेखि धनगढीमै थन्कियो

महेन्द्रनगर ३१ जेठ ।
कञ्चनपुरमा कोेरोना परिक्षणका लागि धनगढी पठाईएका सयौँ स्बाव हालसम्म परिक्षण हुन सकेका छैनन् ।


जिल्लाका विभिन्न स्थानीय तह र महाकाली अस्पतालले पिसिआर परिक्षणका लागि धनगढी कोरोना परिक्षण ल्याबमा पठाईएको स्वाबको परिक्षण हुन सकेको छैन् ।


स्वास्थ्य कार्यालयका कञ्चनपुरका कोरोना फोकल प्रसन सिद्धराज भट्टले करिब एक सातादेखि जिल्लाका सयौँ व्यत्तिको पिसिआर रिर्पोट नआएको बताए ।
उनका अनुसार महाकाली अस्पतालको ५५, भीमदत्त नगरपालिकाको ५५, वेदकोट नगरपालिकाको २७, पुनर्वास नपाको ५८, बेलौरी नपाको ३० र माहाकाली नगरपालिकाको ८६ जनाको पिसिआर रिर्पोट आउन बाँकी छ ।


कष्णपुर नगरपालिकाका ४० जनामध्ये शुक्रबार केहीको पिसिआर रिर्पोट आईसकेको फोकल प्रर्सन भट्टको भनाई छ ।

सुदुरपश्चिमका सबै जिल्लाबाट पिसिआर परिक्षणका लागि स्वाब संकलन तिव्र भएकोले प्रयोगशालामा परिक्षण ढिलाई उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्