कञ्चनपुरमा भिटीएम र आरडिटी किट सकियो, कोरोना परिक्षणमा अन्यौल ?

महेन्द्रनगर ३१ जेठ ।

कञ्चनपुरमा कोरोना परिक्षण गर्ने भाईरस ट्रान्सपोटेसन मिडिया(भिटिएम) र आरडिटि परिक्षण किट सकिएको स्वास्थ्य कार्यलयले जनाएको छ ।


स्वास्थ्य कार्यालय कञ्चनपुरले केन्द्र र प्रदेश सरकारले पठाएको पिसिआर परिक्षणका लागि स्वाब संकलन गर्ने भाँडो भिटिएम र आरडिटि सकिएको जनाएको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल प्रर्शन सिद्धराज भट्टले संघिय र प्रदेश सरकारबाट प्राप्त भएको भिटिएम र आरडिटी किट सकिएको बताए । भिटिएमका लागि प्रदेश सरकारसँग आग्रह गरिएको उनले बताए ।

भिटीएम र आरडिटी किट सकिएपछि कोरोना परिक्षण अन्यौलमा परेको छ ।


उनका अनुसार महाकाली उप–प्रदेशिक अस्पतालमा ५ सय ४१ र स्वास्थ्य कार्यालयलाई ६ सय ७२ भिटिएम प्रदान गरिएको थियो । त्यस्तै कञ्चनपुरमा ९ हजार ९ सय २५ आरडिटी किट पठाईएको थियो ।


बाँकी स्थानीय तह आफैले पनि खरिद गरि परिक्षण सुरु गरेका छन् । त्यस्तै कञ्चनपुरबाट स्वाब संकलन गरि धनगढी पठाईएका करिब ३ सय बढीको पिसिआर रिपोर्ट अझै आएको छैन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्