सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, कञ्चनपुरमा मात्रै २१ संक्रमित थपिए

महेन्द्रनगर ३१ जेठ ।

सुदूरपश्चिममा आज ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि गरेको हो ।
सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आज पुष्टि भएका मध्ये ५५ जना पुरुष र नौँ जना महिला रहेका छन् ।

डडेल्धुराका २४ जना, कञ्चनपुरका २१ जना, कैलालीका ११ जना, बझाङका पाँच जना, डोटीका तीन जनामा कोरोना पुष्टि भएको हो ।

बझाङको बिथ्थडचिरका दुई जना, केदारस्यू दुई जना, खप्तडछानाको एक जना, डडेल्धुराको अमरगढीका एक जना, नवदुर्गाका २३ जना, डोटीको जोरायलका दुई जना, सायलका एक जना, कैलालीको चुरेका पाँच जना, धनगढीका दुई जना, गोदावरीका दुई जना, लम्की चुहाका एक जना, टीकापुरका एक जना, कञ्चनपुरको पुनरवासका दुई जना, लालझाडीका १४ जना, महाकालीका तीन जना, बेदकोटका एक जना, कञ्चनपुरकै थप एक जनामा कोरोना पुष्टि भएको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्