यी हुन् संविधान संशोधनमा अनुपस्थित १५ सांसद

काठमाडौं –शनिबार नेपालको बुच्चे नक्सा चुच्चे पार्न भएको संविधान संशोधनमा १५ जना सांसद अनुपस्थित भएका छन् । संविधान संशोधनको पक्षमा प्रतिनिधिसभामा उपस्थित २५८ सांसदले मतदान गर्दा १५ सांसद अनुपस्थित भएका हुन् ।

प्रतिनिधि सभामा कुल सांसद २७५ सांसद छन् । २५८ सांसदले संशोधनको पक्षमा मतदान गर्दा विपक्षमा शून्य मत देखियो ।

संविधान संशोधनमा अनुपस्थित सांसद
अमृतादेवी अग्रहरी
गोपालबहादुर बम
दुलारीदेवी खत्वेनी
धनबहादुर बुढा
नागेन्द्रकुमार चौधरी
प्रमोद साह
शिवकुमार मण्डल
सरिता गिरी
सूर्यनारायणण यादव
सूर्यबहादुर केसी
हरिबोल गजुरेल
ज्ञानकुमारी छन्त्याल

प्रतिनिधिसभामा निलम्बित सांसद भने उपस्थित हुन पाएनन् । निलम्बित सांसदमा विजयकुमार गच्छदार, मो. आफताव आलम, हरिनारायण रौनियाररेशम चौधरी अनुपस्थित भए । सभामुखलाई भने मत दिने अधिकार हुँदैन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्