कोरोनाविरुद्ध खोप बजारमा ल्याउने तयारी, युरोपेली देशले गरे ४० करोड डोजको खरिद सम्झौता

काठमाडौै -कोरोना भाइरसको खोप तयार नहुँदै युरोपेली देशहरुले ४० करोड डोज खोप खरिदको सम्झौता गरेका छन्।

विभिन्न देशहरु कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धानमा जुटिरहेका बेला युरोपको इन्क्लुसिभ भ्याक्सिन अलायन्समा रहेका देशहरु जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्डस्ले एक निर्यात कम्पनीसँग ४० करोड डोज खोपका लागि सम्झौता गरेका हुन्।

खोप निर्यात गर्ने अस्ट्राजेनेसा कम्पनीले अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको खोपको व्यवस्थापनको जिम्मा पाएको छ। अक्सफोर्डको खोप निर्माण टोली खोपको अन्तिम तयारीमा जुटेको छ। यो खोपको लाइन्सेन्स बेलायती कम्पनी अस्ट्राजेनेसासँग छ।

उसले तयार पारिरहेको भ्याक्सिनको नाम ब्श्म्ज्ञद्दद्दद्द राखिएको छ। उक्त खोप यो वर्षको अन्त्य सम्ममा बजारमा ल्याइने जनाइएको छ। अस्ट्राजेनेसा कम्पनीसँग ३० करोड डोज अमेरिकाले खरिद गर्ने भएको छ।

यसैबीच, कोरोना भाइरसको महामारीकाबीच चिलीका स्वास्थ्य मन्त्रीले राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री खाएमे मान्यालिचले राजीनामा दिएको राष्ट्रपति सेबेस्टियन पिनयेराले पुष्टि गरे।

कोरोनाको चपेटमा स्वास्थ्य मन्त्रीले कुनै पनि प्रभावकारी कदम चाल्न नसकेको भन्दै त्यहाँका राजनीतिक दलहरुले राजीनामा माग गरेका थिए।

नव नियुक्त स्वास्थ्य मन्त्री एनरिक पेरीले महामारीविरुद्ध लड्न सरकारको आलोचना गर्नेको कुरा पनि आफूले सुन्ने बताएका छन्। चिलीमा हालसम्म १ लाख ६७ हजार ३ सय ५५ जना संक्रमित भएका छन्।


 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्