२१ असारपछि हवाई उडान सञ्चालन हुने

सरकारले नेपालबाट हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडानलाई २१ असार २०७७ सम्म रोक लगाउने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषद्ले गरेको निर्णयबाटै हवाई उडानमा रोक लगाउने समय लम्बिएको जानकारी ट्वीट मार्फत सार्वजनिक गरेका हुन्।

सरकारले ११ चैतदेखि जारी बन्दाबन्दीपछि सबै प्रकारको व्यावसायिक हवाई उडानमा रोक लगाएको छ । १६ असारसम्म लगाएको यस अघिको हवाई उडानको समयलाई बढाएर २१ असार पु¥याइएको पनि उल्लेख छ।

हवाई उडान रोक लगाएको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गरेरै सम्बन्धित वायुसेवालाई जानकारी दिने छ। हाल सरकारले आकस्मिक उडान, उद्धार तथा अनुमति लिएर गरिने चार्टर उडान भने गर्न दिएको छ।

यस अघि आधा क्षमतामा यात्रु राखेर आन्तरिक उडान खुला गर्ने प्रस्ताव प्राधिकरणमार्फ सरकारसमक्ष पुगेको थियो । उक्त प्रस्तावलाई सरकारले स्वकृति नदिई हवाई उडानको रोक लागेको समय थप भएको हो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्