‘सुनेकै भरमा नबोल्नुस्, एमसिसी पास हुँदैमा अमेरिकी सेना नेपालमा आउँदैन’: नेपाली कांंग्रेस

झापा – नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसिसी) पास भए अमेरिकी सेना नेपालमा पस्‍ने कुरा निराधार भएको बताएका छन।

नेपाली कांग्रेस झापाले आइतवार बनियानीमा गरेको कार्यक्रममा उनले संसदबाट एमसिसी पारित भएमा अमेरिकी सेना नेपाल पस्छ भन्‍ने हल्ला निराधार भएको तर्क गरे। ’


अमेरिकाले विश्‍वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन’, उनले भने, ’इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन।

अमेरिकी सेना पस्‍ने हल्ला निराधार हो।’ सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसिसी गलत हो भन्‍ने आमजनधारणा बनेको उनले जिकिर गरेका छन्। ’अक्षरशः पढ्नुस्, अनि एमसिसी सम्झौता कार्यान्वयनबारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्‍नुस्, नभए छैन भन्‍नुहोस्’, उनले अगाडि भने, ’सुनेको भरमा धारणा बनाउनु हुँदैन।’

मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री(वितरणका लागि एमसिसी परियोजना लाभदायी हुने शर्माले बताएका छन्। कोरोना परीक्षण भएन प्रवक्ता शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाएका छन्।

यता, कोरोना सङ्क्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली कांग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ।

केन्द्रीय समितिको निर्देशनबमोजिम कांग्रेस झापाले असार २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको पार्टीका झापा सभापति उद्धव थापाले जानकारी दिएका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्