वेदकोटका कृषकलाई कृषी उपकरण हस्तान्तरण

महेन्द्रनगर १ असार ।
कञ्चनपुरको वेदकोट नगरपालिकाका कृषकलाई कृषी उपकरण हस्तान्तरण गरिएको छ ।


नगरपालिकाको वडा नम्बर ९ र १० को नव दुर्गा धान ब्लक सञ्चालक समितिलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषी उपकरण हस्तान्तरण गरिएको हो ।


नगर प्रमुख अशोक कुमार चन्दले नगरको कृषी आधुनिकीकरणका लागि कृषी उपकरण हस्तान्तरण गरिएको बताए । उनका अनुसा सोमबार एक कार्यक्रमका बिच १ थान महेन्द्रा नोभा ट्याक्टर, रोटा भेटर ३ थान, धान थ्रेसर १ थान, पावर पिलर ३ थान, स्प्रे ट्यांकी ५० थान, सिचाई बोरिङ्ग १३ थान लगायत अन्य कृषि सामाग्री हस्तान्तरण हो । स्थानीय किसानलाई कृषी सहकारीमार्फत ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको हो ।


‘कृषीमा आधुनिकरणका लागि कृषी उपकरण अत्याआवश्यक हुन्छ ।’ नगर प्रमुख चन्दले भने ‘नगरपालिकाले पनि विभिन्न कृषी कार्यक्रम तय गरि कार्यान्वयको चरणमा छन् ।’ त्यस्तै नगरपालिकाको पहलमा वेदकोटका अन्य दुई वटा ब्लकका किसानलाई पनि कृषी उपकरण वितरण गरि सकेको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्