अनलाईन कराते काता च्याम्पियनसिपमा नेपालका रविन्द्र मानन्धर उप विजेता

महेन्द्रनगर १ असार ।
नेपालका करोत खेलाडी एवं नरहरी डोजोका सस्थापक प्रशिक्षक रविन्द्र मानन्धर ‘सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिप–२०२०’ को उप विजेता बनेका छन् ।

उनि सोमबार भएको अनलाईन कराते काता च्याम्पियनसिप फाईनलमा स्पेनी खेलाडी सङ झिनो अकसँग झिनो अंकमा पराजित भए ।
केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्दिलाई पछाडी पार्दै मानन्धर ३५ – ४५ बर्ष उमेर समूह ‘ए’ बाट फाईनल प्रवेश गरेका हुन् ।

उनले सेमिफाईनलमा भारतका खेलाडीहरुलाई पछि पार्दै फाईनल यात्रा तय गरेका थिए । विश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाईनल एक महिना देखि संचालन भईरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो भने नेपालबाट सो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला खेलाडी हुन् ।

कोभिड १९ बाट बिश्व अक्रान्त भईरहेको अवस्थामा बिश्वका बिभिन्न अन्तराष्ट्रिय खेल संस्थाहरुले अनलाईन मार्फत खेलाडी तथा प्रशिक्षकहरुलाई क्रियासिल गर्दै आईरहेका छन् ।


त्यसै क्रममा बिश्व कराते महासंघ र एशियाली कराते महासंघको सम्वन्धनमा केरला कराते संघले उक्त च्याम्पियनसिप आयोजना गरेको थियो ।
अब उनलाइ मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिने छ

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्