जन–सम्पर्क समिति दक्षिण कोरियाद्धारा राजदूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

महेन्द्रनगर १ असार ।

नेपाली कांग्रेसको प्रवास भातृ संगठन जन सम्पर्क समिति दक्षिण कोरियाले नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

समितिले कोरोना त्रासको कारण पछिल्लो समय देश भित्र र विदेशमा रहेका नेपालीहरुले भोग्नु परेका समस्या र तिनको समाधानका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

जन सम्पर्क समिति दक्षिण कोरियाका कार्य वाहक सभापति जितेन्द्र सिह महता र महामन्त्री कमल बहादुर थापा मगरले सउल स्थित नेपाली राजदूतावासका कार्य वाहक राजदुत राम सिंह थापामार्फत प्रत्रानमन्त्री ओलीलाई सोमबार ज्ञापनपत्र दिएका हुन् ।

उक्त ज्ञापनपत्रमा पछिल्लो समय बढ्दै गईरहेको कोरोना संक्रमण र मृतकको संख्या रोकथामका लागि ढिला सुस्ती नगर्न र समयमै सरकार गम्भीर नभए आउन सक्ने भयावह स्थितिप्रति सचेत रहन आग्रह गरिएको छ ।
साथै यसको रोकथामका लागि पनि समयमै पहल गर्न र कोरोना बिरुद्धको लडाईंमा युद्धस्तरमा कार्य अगाडी बढाउन अपिल गरिएको छ ।

त्यस्तै कोरोना संक्रमण तीब्र गतिमा बढ्दै जादा पनि परिक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ्य सामग्री र परिक्षण को व्यवस्था नहुनु, क्वारेन्टाइनहरु नाम मात्रको हुनु, क्वारेन्टाइनमै नागरिकको मृत्यु हुनु दुखद भएको उल्लेद गर्दै समितिले सरकारले पिडामा रहेका नागरिकहरुलाई उचित राहत प्याकेजको प्रबन्ध गर्न र संक्रमणको उच्च जोखिममा रहेका काम गरिरहेका नागरिकको मनोबल बढाउनेतर्फ ध्यान दिन सुझाईएको छ ।

त्यस्तै विदेशमा विभिन्न कारणले समस्यामा परेका आफ्ना नागरिकहरुलाई उद्दार गर्न भईरहेको ढिला सुस्तीले गरिएको भन्दैँ सरकारको गैर जिम्मेवारीपन र असक्षमता देखिएको समितिको आरोप छ ।


यसैगरी ज्ञापन पत्रमा भारत लगायत बिभिन्न देशमा बिभिन्न अप्ठ्यारोमा परेका, भिसा सकिएर स्वदेश फर्कनै पर्ने अवस्था भएका नागरिकहरुको यथाशीघ्र उद्दार गर्न, क्वारेन्टाइनहरुलाई मापदण्ड अनुरुप व्यवस्थित गर्न र क्वारेन्टाइनमा रहेकाहरुको अनिवार्य र छिटो छरितो कोरोनाको पिसीआर परिक्षण गरेर मात्र घर पठाउने व्यवस्था मिलाउने तर्फ समेत सरकारको गम्भीर ध्यानाकर्षण गराईएको छ ।

ज्ञापनपत्र

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्