परशुराम नगरपालिकाका मेयर साउँदले गरे पीसीआर मेसिन किन्न पाँच लाख सहयोग

डडेल्धुरा- डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

दिवगंत दाई दलबहादुर साउँदको स्मृतिमा नगरप्रमुख साँउदले आफू संरक्षक रहेको राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट पिसिआर मेसिन स्थापनाका लागि सहयोग गरेका हुन् ।

राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन भट्ट र मेनेजर छवि साउँदले ५ लाख रुपैयाँको चेक ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायललाई प्रदान गरे ।

नगरप्रमुख साँउदले परशुराम नगरपालिकाका तर्फबाटसमेत पीसीआर मेसिन खरीदमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्वारा पीसीआर मेसिन खरिदका लागि शुरु गरिएको सहयोग संकलन अभियानमा विश्वका विभिन्न मुलुकमा सुदूरपश्चिमेली समाज र प्रवासमा रहेका सुदूरपश्चिमका अगुवाहरुले साथ दिएका छन् ।

सुदूरपश्चिमका ७ पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा कोरोना परीक्षणका लागि पिसिआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान थालिएको हो ।

केही दिनमा डडेल्धुरामा पिसिआर मेसिन स्थापना गरिने ह्युमानिटी फाउण्डेसनले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्